२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रुपमा विकास गर्न आवश्यक : मन्त्री भण्डारी

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालको ४६ प्रतिशतले भू–भाग वन क्षेत्रले ओगटेकाले फर्निसिङका लागि यो क्षेत्र प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए ।

उनले सरकारले फिर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रमा विकास गर्न सक्नुपर्नेमा जोड दिए । उनले अहिले पनि नेपालले विदेशमा प्लाइउड धेरै निर्यात गरिरहेको बताए । उनले यो क्षेत्रमा पनि सरकारले विदेशी पुँजी पनि भित्र्याउन खाजेको बताए ।

उनले नेपाली पुँजीलाई पनि प्रवद्र्धन गरी प्रविधिको विकास गर्न खोजिएको जानकारी दिए । मन्त्री भण्डारीले विदेशी पुँजी र प्रविधि दुवै भित्र्याउन आवश्यक रहेको बताए । उनले सरकारले वैदेशिक पुँजी प्रविधिसँग जोड्ने योजनामा रहेको बताए ।

उनले अहिले नेपालको वित्तीय क्षेत्रमा पुँजी थुप्रिएर बसेको भन्दै सम्भावना भएका क्षेत्रमा वित्तीय क्षेत्रले लगानी गर्न आवश्यक रहेको बताए । उनले ग्रामिण क्षेत्रमा करिव एक खर्ब भन्दा बढी पुँजी हुने रुखहरु लडिरहेको भन्दै त्यसलाई उपभोगको नीति ल्याउने गरी सरकारले काम गरिरहेको बताए । उनले स्थानीय स्रोत र साधनको प्रयोग स्थानीयले गर्न पाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल ४६ प्रतिशतले ओगटेको छ । यो क्षेत्रमा प्रचुर सम्भावना छ । फर्निसिङ क्षेत्रलाई नेपालको निर्यात क्षेत्रमा विकास गर्न सकिन्छ । नेपालको प्लाइउड धेरै निर्यात गरेको छ । नेपाली बजारमा विदेशी पुँजी पनि भित्र्याउन खाजेका छौं । नेपाली पुँजीलाई पनि प्रवद्र्धन गरी प्रविधिको विकास गर्न खाजेका छौं । विदेशी पुँजी र प्रविधि भित्र्याउने भनिएको छ ।

पुँजी प्रविधिसँग जोडिनुपर्छ । नेपालको वित्तीय क्षेत्रमा पुँजी थुप्रिएर बसेको छ । तर मुलुकमा यति धेरै सम्भावना छ । प्रदर्शनीहरुमा वित्तीय क्षेत्रलाई पनि प्रवेश गराउनुपर्छ । उद्योग मन्त्रालयका केही युनिटहरुलाई प्रदर्शनीमा पठाउँछौं । प्रविधि हस्तान्तराण भनिएको छ तर ग्रामिण क्षेत्रमा करिव एक खर्ब भन्दा बढी पुँजी हुने रुखहरु लडिरहेका छन् । त्यसलाई उपभोगको नीति ल्याउनुपर्छ ।

स्थानीय स्रोत र साधनको प्रयोग ल्याउनुपर्छ त्यसको प्रयोग स्थानीयले ल्याउने हो । यस्ता मेलाहरु काठमाडौंमा मात्रै होइन । नेपालका सात प्रदेशका औद्योगिक क्षेत्रहरुमा आयोजना गर्न आवश्यक छ । बैंक तथा वित्तीय क्षेत्रले लगानीका क्षेत्र पहिचान गरेर लगानी गर्न सक्नुपर्छ ।’

उनले स्वदेशी वस्तुहरुको प्रदर्शनीहरु काठमाडौंमा मात्रै सिमित हुन नहुने भन्दै सात प्रदेशका औद्योगिक क्षेत्रहरुमा आयोजना गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट