शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुद्दा गुजरातमा १३ जनाको मृत्यु

फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुद्दा गुजरातमा १३ जनाको मृत्यु

एजेन्सी । भारतीय राज्य गुजरातको सुरतमा फुटपाथमा सुतेका मजदूरलाई ट्रकले किच्दा १३ जनाको मृत्यु भएको छ । फुटपाथमा सुतेका १८ जना मजदूर मध्ये १३ जनाको घटनास्थलमा मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 
 
राती १२ बजे ट्याक्ट्ररसँग ठोक्किएपछि  ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ। दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई राष्ट्रिय राहत कोषबाट प्रति परिवार रु दुई लाख दिइने घोषणा गरेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend