२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मधेश आन्दोलनका सहिदको सालिकमा जसपाका अध्यक्ष अशोक राई तथा खानेपानी मन्त्री प्रदीप यादव द्धारा माल्यार्पण

शनिवार , माघ ५, २०८१

वीरगंज, ५ माघ : मधेशका नागरिका लागि आफ्नो ज्यान आहुँती दिने मधेश आन्दोलनका सहिदको सालिकमा जनता समाजवादी पाटी (जसपा) का केन्द्रीय अध्यक्ष अशोक राई तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले माल्यार्पण गर्नु भएको छ ।

आज वीरगंजमा मधेश आन्दोलनका सहिदहरुको सालिकमा अध्यक्ष राई तथा जसपाका उप महासचिव समेत रहनु भएका नेपाल सरकारका खानेपानीमन्त्री यादवले एक भव्य कार्यक्रमकाबीच माल्यार्पण गर्नु भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।

वीरगंजको घण्टाघरमा रहेको सहिदहरुको सालिकमा अध्यक्ष राई तथा मन्त्री यादवले बिहान माल्यार्पण गर्नु भएको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिनुभयो ।

आजको उक्त कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंह, पुर्वमन्त्री मोहनलाल चौधरी, जिल्ला समन्वय समितिका प्रमुख अजय सराफ, बुहँदरमाई नगरपालिकाका नगर प्रमुख सिहासन सातेली लगायतका सयौँ नेता कार्यकताहरुले पनि सहिदको सालिकमा माल्यार्पण गर्नु भएको थियो ।

मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर उहाँहरुको मृत्यु भएको थियो । मृत्य भएसँगै मधेशमा आन्दोलन निकै चर्किएको थियो । त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपासहित मधेश केन्द्रित दलहरुले बलिदानी दिवसका रुपमा मनाउने गरेको छ । आजको दिन ती दलहरुले विभिन्न कार्यक्रमको आयोजना समेत गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट