सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मधेसका शहीदका सपना अझै पूरा भएनन् : लोसपा उपाध्यक्ष गुप्ता

मधेसका शहीदका सपना अझै पूरा भएनन् : लोसपा उपाध्यक्ष गुप्ता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १८ औं बलिदानी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

शनिबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा लोसपाले शहीदहरुको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर बलिदानी दिवस मनाएको हो ।

सो अवसरमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उपाध्यक्ष श्याम गुप्ताले महिला, मधेसी, जनजाति दलिहरुका मुद्दा अझै पूर्ण रुपमा सम्बोधन हुन नसकेको बताए । उनले मधेसका शहीदका सपना सरकारले अझै पूरा गर्न नसकेको बताए ।

वर्तमान सरकार र सिंगो देशले संविधान संशोधन गर्ने कुरा उल्लेख गरिसकेको भन्दै नेपाली जनताको मागअनुसार संविधान संशोधन हुनुपर्ने माग गरे ।

मधेस केन्द्रित दलहरुले आज प्रथम मधेस आन्दोलनको १८ वर्ष पूरा भएको अवसरमा बलिदानी शहीद दिवस मनाइरहेका छन् । शहीद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेस प्रदेश सरकार र मधेस केन्द्रित दलहरु बलिदानी दिवसको रुपमा मनाउने गर्दछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend