शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिको सपथ आज, ट्रम्प सहभागी नहुने

अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिको सपथ आज, ट्रम्प सहभागी नहुने

एजेन्सी । अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आज सपथ लिँदैछन् । नेपाली समयानुसार आज राति १० बजेर १५ मिनेटमा हुने सपथ समारोहको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । 
 
सपथ ग्रहण समारोहमा उपस्थित हुने सहभागीको संख्या घटाइएको छ । कोरोना महामारी र सुरक्षा चिन्ताका कारण योपटक सपथ समारोहमा केही परिवर्तन गरिएको छ । 
 
यहि जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाको संसदमा आक्रमण गरेपछि सपथ समारोहमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । सुरक्षा योजनाको नेतृत्व अमेरिकी गुप्तचर निकायले लिएको छ । हजारौँ प्रहरीलाई सहयोग गर्न न्याश्नल गार्डका झन्डै १५ हजार सुरक्षाकर्मी तैनाथ गरिने बीबीसीमा उल्लेख छ । 
 
बाइडन र ह्यारिसले सन् १९८१ मा रेगनको पालामा सुरु भएको परम्परालाई निरन्तरता दिँदै अमेरिकी संसद्‌को अगाडिपट्टि शपथ लिनेछन् । यस्तै बिदाई हुँदै गरेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण गरेको हेर्ने परम्परा भएपनि बाइडेनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प सहभागी नहुने बीबीसीले जनाएको छ ।
 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend