मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनको मूल्य ८ सय घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य ८ सय घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य शुक्रबारको तुलनामा तोलामा ८०० रुपैयाँ घटेको हो ।

आइतबार छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend