शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

हराएको भनिएका ज्याक मा महिनौंपछि सार्वजनिक

हराएको भनिएका ज्याक मा महिनौंपछि सार्वजनिक

सन् २०२० को नोभेम्बरपछि सार्वजनिक रुपमा कतै नदेखिएका अलिबाबा कम्पनीका संस्थापक ज्याक मा महिनौंपछि सार्वजनिक भएका छन् । उनी कहाँ छन् भन्ने बारे जानकारी नभएपछि धेरैले ज्याक मा हराएको आशंका गरेका थिए । 

आफ्नो च्यारिटी फाउन्डेशनको एक अभियानका लागि उनले भिडियो लिंकको माध्यामबाट ग्रामीण इलाकाका स्कुलमा काम गरिरहेका शिक्षकसँग कुराकानी गरेको भिडियो चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा सेयर गरेको छ । अलिबाबा कम्पनी सुरु गर्नुभन्दा पहिला ज्याक मा आँफै अंग्रेजी भाषाका शिक्षक थिए । 

ALI.JPG

सीएनबीसीका अनुसार ज्याक माको भिडियो सार्वजनिक भएपछि हङकङ स्टक एक्सचेन्जमा उनको कम्पनीको स्टक मूल्यमा पाँच प्रतिशतले वृद्धि भएको छ । 

ब्लुमवर्गका अनुसार ज्याक मा अहिले पनि कहाँ छन् भनेर केही पत्ता लाग्न सकेको छैन । 

ALI BABA.JPG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend