logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, ३० हजारले गरे अवलोकन

    फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, ३० हजारले गरे अवलोकन

    196
    Shares
    फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, ३० हजारले गरे अवलोकन

    काठमाडौं । नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सोचे भन्दा राम्रो भएको आयोजकले बताएको छ ।

    शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा शुरु भएको मेलामा उत्साहजक सहभागिता भएको आयोजकले बताएको हो ।

    मिडिया स्पेस सोलुसन्स प्रालि फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रालि र इटीएसआइपीएलको संयुक्त आयोजनामा भएको प्रदर्शनी सफल भएको छ ।

    मिडिया स्पेस सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले १० औँ संस्करणको नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सोचे भन्दा राम्रो भएको बताए । उनले अन्तर्राष्ट्रिय कम्पनीहरुले पनि आगामी दिनमा पनि नेपालमा हुने प्रदर्शनीहरुमा सहभागिता जनाउन उत्साहित भएको बताए ।

    उनले प्रदर्शनीमा आउने अवलोकनकर्ताहरुले घर बनाउँदा मोडल डिजाइनको माग गरेको पाइएको बताए । उनले उस्ता प्रदशर्नीलाई सातै प्रदेशमा लैजान तयार रहेको बताए । उनले त्यसको लागि राज्यले आवश्यक सबै सहयोग आवश्यक रहेको बताए ।

    मेलामा ७० प्रतिशत अवलोकनकर्ताहरु काम र आवश्यकता भएकाले अवलोकन गरेको बताए । उनले प्रदर्शनीमा लक्ष्य अनुसार ३० हजार अवलोकर्ताले प्रदशर्नी अवलोकन गरेको बताए ।

    नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका प्रथम उपाध्यक्ष राजकुमार मल्लले वुड फर्निचर व्यवसायीहरुको व्यापार व्यवसाय वृद्धि गर्न मेलाले महत्वपूर्ण भुमिका खलेको बताए । उनले मेलाले व्यवसायलाई इनोभेसनमा लैजानुपर्ने आवश्यकता रहेको देखिएको बताए ।

    इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम श्रेष्ठले मेलाले डिजाइनहरुलाई नयाँ प्रविधिको विषयमा जानकारी लिने अवसर मिलेको बताए । उनले नयाँ प्रविधि र वस्तुहरुको प्रयोगमा सहज हुने अवस्था आएको बताए ।

    उनले यस्ता खालका मेला महोत्व आगामी दिनहरुमा पनि हुन आवश्यक रहेका बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend