शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ट्रम्पको विदाइलाई इरानले गर्‍याे स्वागत

ट्रम्पको विदाइलाई इरानले गर्‍याे स्वागत

 तेहरान माघ ७ । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । ट्रम्पले बुधबार आफ्नो कार्यलय छोड्दै छन् । 

रुहानीले एक टेलिभिजनमा टिप्पणी गर्दै भनेका छन्,  ‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो । उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनु बाहेक अरु कुनै फलदायी कार्य गरेनन् ।’

शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले ट्रम्पमाथी विजय प्राप्त गरेका थिए । 

राष्ट्रपति ट्रम्पले सन २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी समेत लगाएका थिए । 

ट्रम्पले बाईडेनको शपथग्रहण कार्यक्रममा उपस्थित नहुने घोषणा गरेका छन् ।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend