२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

ड्रिमसिटीद्वारा बृहत् पोसाक वितरण कार्यक्रम सम्पन्न

आइतवार , माघ ६, २०८१

गोरखा । बारपाक-सुलिकोट गाउँपालिका–४ स्थित श्री ज्वालामुखी प्रा.वि. घुन्चोकटार र श्री हिमालय मा.वि. मा अध्ययनरत ३५० जना विद्यार्थीहरूलाई लक्षित गर्दै बृहत् पोसाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स इन्टरनेसनल ३२५ के अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटीको संयोजनमा गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारपाक-सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट प्रमुख अतिथि थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डिस्ट्रिक ३२५ के का क्याबिनेट सेक्रेटरी लायन महाप्रसाद पाण्डे र चिफ एडभाइजर लायन विष्णुहरि फुयालको उपस्थिति थियो ।

साथै आइटी को-चिफ तथा एलसीके ड्रिमसिटीका संस्थापक अध्यक्ष लायन यज्ञराज पौडेल, जोन चियरपर्सन गोपालप्रसाद सापकोटा, अध्यक्ष लायन राजिन पनेरू, एचआईडीसीएल वरिष्ठ प्रबन्धक रमेश पनेरू, पुरुषोत्तम पनेरू, लायन दिनेश पनेरू, देवप्रसाद ढकाल, लोकनाथ पनेरूलगायत अतिथिका रूपमा सहभागी थिए ।

लायन दीपक पनेरू संयोजक तथा लायन रमेशप्रसाद ढकाल र लायन दीपेन्द्र बास्तोला सह-संयोजन रहेको सो कार्यक्रमका बारेमा प्रकाश पार्दै क्लबका अध्यक्ष लायन पनेरूले देशभित्र तथा देशबाहिर रहेका मनकारी दाता तथा क्लबको पूर्ण सक्रियतामा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक एवम् सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याएको बताए ।

विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पनेरूले कार्यक्रमले विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्न र आधारभूत आवश्यकता पूर्तिमा सहयोग पुर्‍याएको बताए । कार्यक्रममा उपस्थित अतिथिहरूले विद्यालयका विद्यार्थीहरूको लागि यस्ता कार्यक्रमले शिक्षा र स्वास्थ्यप्रति सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक हरिराम ढकालले गरेका थिए ।

‘हामी सेवा गर्छौँ’ भन्ने मूल नारा रहेको लायन्स विश्वका २ सयभन्दा बढी राष्ट्रमा १४ लाखभन्दा ज्यादा सक्रिय सदस्य रहेको परोपकारी संस्था हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट