सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

एकीकृत समाजवादीको आम्दानी ४ करोड, ३२ लाख घाटा

एकीकृत समाजवादीको आम्दानी ४ करोड, ३२ लाख घाटा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले आर्थिक वर्ष ०८०–०८१ को आय व्ययको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

उनका अनुसार गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको छ भने खर्चतर्फ ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रुपैयाँ छ ।

त्यस्तै, ३२ लाख ८७ हजार १६४ रुपैयाँ पार्टी घाटामा रहेको छ ।

एकीकृत समाजवादी लेखापरिक्षण प्रतिवेदन अनुसार पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ ।

1

2

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend