शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कोरोना संक्रमणबाट जिम्बाब्बेका विदेश मन्त्रीको  निधन

कोरोना संक्रमणबाट जिम्बाब्बेका विदेश मन्त्रीको  निधन

सिन्ह्वा । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । 

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् । 

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् । 

उनका पारिवारिक सदस्यले पनि कोरोनाका कारण उहाँको निधन भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।

 “मेरा दाजुको कोरोनाभाइरसका कारण निधन भएको छ, उनलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो,” उनका एक भाइले बुधबार जानकारी दिए ।

 जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  

 जिम्बाब्बेमा पनि गत सन् २०२० को मार्चदेखि कोरोनाभाइरसको महामारी फैलिन शुरु भएको हो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend