मधेस प्रदेश । मधेस प्रदेश सरकारले स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु गरेको छ ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा मंगलबार जनकपुरधाममा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु गरेको हो ।
छलफल कार्यक्रममा बोल्दै प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ, प्रदेश र स्थानीय तहको कानून नबाझियोस् भनेर छलफल शुरु गरेको बताए । उनले तीन तहको सरकारबीच समन्वय जरुरी रहेको बताए ।
उनले तीन तहको संरचनामा रहेका जनप्रतिनिधिबीच पनि समन्वय जरुरी रहेको उल्लेख गरे ।
उनले भने, ‘संघको, स्थनीय तहको, प्रदेशको कानून नबाझियोस् । त्यतातिर हामी सबै अलिकति सजग रहनुपर्छ । तीन तहको बीचमा समन्वय पनि बढी हुनुपर्छ । तीन तहको संरचना र तीन तहको संरचनामा हामी रहेका जनप्रतिनिधिहरुको बीचमा सहकार्य र समन्वयको पनि त्यत्तिकै आवश्यकता छ ।
यो कुरालाई ध्यानमा राखेर हाम्रो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नकै लागि हामीले बाराको कलैयाबाट सप्तरीको सप्तकोशीबाट हामीले शुरुवात गरिसकेका छौँ । कतिपय कार्यक्रम स्थानीय तहको र हाम्रो मन्त्रालयको सहकार्यमा हामीले शुरु गरेका छौँ ।’
मन्त्री लेखीले आफ्नो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नका लागि काम शुरु गरिसकेको बताए ।