नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनको शपथ समारोहमा हलिउडका थुप्रै हस्तीको उपस्थिती रह्यो र थुप्रै कलाकारले आफ्नो प्रस्तुती दिएका थिए।
बुधबार अमेरिकाले आफ्नो ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडनलाई पाएको हो ।
येसैबीच पप स्टार लेडी गागाले बाइडेनको सपथ समारोहमा अमेरिकाको राष्ट्रगान गाएकी थिइन् । उनले जब मधुर आवाजमा अमेरिकाको राष्ट्रगान गाइन् तब सबैले उनलाई मात्र हेरिरहे । गायिकाले आफ्नो भिन्न शैलीमा प्रस्तुती दिइन् र सधैं झैं उनी यस समारोह बीच पनि उनको लुकको कारण चर्चा बटुल्न सफल भइन् । गागाले आफ्नो पहिरनमा परेवाको ब्याच लगाएकी थिइन् । गागाले सोसल मिडियामा यो ब्याचको फोटो सेयर गर्दै लेखेकी छिन् , ‘जैतुनको हाँगासहित एउटा परेवा ।’ लेडी गागाले यसलाई शान्तिको प्रतिकको रुपमा लगाएको बताएकि थिईन् ।
यसैगरि गायिका जेनिफ़र लोपेजले “यो भूमि तपाईंको भूमि हो ” भने गीत गाएर सबैलाई उत्साहित बनाएकी थिइन। एजेन्सी