शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

भारतीय प्रधानमन्त्री मोदी तथा मुख्यमन्त्रीहरुले पहिलो चरणमा कोरोना विरुद्दको खोप नलगाउने

भारतीय प्रधानमन्त्री मोदी तथा मुख्यमन्त्रीहरुले पहिलो चरणमा कोरोना विरुद्दको खोप नलगाउने

नयाँदिल्ली ८ माघ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप नलगाउने भएका छन् । 

भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी गरिएको छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिइरहेको छ । 

सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा शुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई खोप दिने तयारी छ । 

यसअघि पहिलो चरणमा दिइएको खोपको साइड इफेक्ट देखिइरहेको र दुई जनाको ज्यानसमेत गइसकेको बीबीसेले जनाएको थियो । यो अवस्थामा प्रधानमन्त्री तथा मूख्यमन्त्रीहरुको यस्तो निर्णय आउनुले खोपको विश्वसनियतामाथि प्रश्न उठेको छ । 

उनीहरुले दोस्रो चरणमा खोप लगाउने बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend