शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ओलीले आफ्ना आसेपासेलाई मात्र सुखी पारेः कांग्रेस नेता सिंह 

ओलीले आफ्ना आसेपासेलाई मात्र सुखी पारेः कांग्रेस नेता सिंह 

काठमाडौं माघ ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले आफ्नो आसेपासे र नेकपाका कार्यकर्ता बाहेक अरुलाई सुखी पार्न नसकेको बताएका छन् । 

संसद विघटनको कदम विरुद्द नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं. ११ ले बिहिबार माइतिघर मण्डलामा आयोजना गरेको विरोध कोण सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीले निर्वाचनमा जाँदाखेरी स्थिरता दिने र आम जनताको जिवनलाई सुखि पार्ने प्रतिबद्दता गरेको भएपनि आफ्नो आसेपासे र नेकपाका मान्छेबाहेक आम जनतालाई केहिपनि दिन नसकेको धारणा ब्यक्त गरेका छन् । 

नेता सिंहले प्रधानमन्त्री ओलीलाई संविधान तथा संघीय कानुन अनुसार राज्य सञ्चालन गर्ने मात्रै अधिकार भएको भन्दै ओलीले भन्ने गरेजस्तो संसद विघटनको विशेषाधिकार संविधानमा नभएको बताए ।

उनले संविधान अनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओलीले निर्वाचन नगराउने संकेत देखाइसकेको दाबी गरे । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend