शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रधानमन्त्री ओलीबाट हामीमाथि पटक-पटक राजनीतिक हिंसा भयो : रेणु दाहाल

प्रधानमन्त्री ओलीबाट हामीमाथि पटक-पटक राजनीतिक हिंसा भयो : रेणु दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूहरुमाथि राजनीतिक हिंसा भएको बताएकी छिन् ।

भरतपुर महानगरकी मेयर समेत रहेकी रेणु दाहालले प्रधानमन्त्रीबाट छोराछोरीको नाममा पटक-पटक भएको व्यक्तिगत र राजनीतिक हिंसाप्रति आपत्ति जनाएकी हुन् । 

प्रधानमन्त्री ओलीले कुनै पनि कार्यक्रममा दिने मन्तव्यमा प्रचण्डलाई कटाक्ष गर्दै छोरीलाई मेयर बनाउनुपर्ने, घर घडेरी किन्दिनुपर्ने र त्यसकै लागि राजनीति गरेको आरोप लगाउँदै आएका छन् । सोही आरोपको खण्डन गर्दै रेणुले आफ्नो इच्छालाई त्यागेर जीवनभर जनताको हितमा समर्पित हुनु कमजोरी हो ? भन्दै प्रश्न गरेकी छिन् । त्यस्तै उनले अरुको जस्तो बाले राजनीति गर्ने अनि छोराछोरीले लुट्नुपर्ने हो भन्दै प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालमार्फत प्रश्न गरेकी हुन् । 

उसो त बिहीबार प्रेस संगठन नेपालको आयोजित भेलामा पनि प्रधानमन्त्री अ‍ोलीले  भने, ‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै पर्‍यो । छोरीलाई मेयर बनाउनै पर्‍यो, मतले नपुगे मतपत्र च्यात्नै पर्‍यो । ज्वाइँलाई घरघडेरी किन्दिनै पर्‍यो । मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले । गज्जब बहादुर हो । सुसुरो होस् त्यस्तो होस् ।’

प्रचण्डलाई ‌ओलीकाे प्रश्न : जनताका छोराछोरी खेलाउने पुतली हन् ?

renu dahal.jpg

प्रतिनिधिसभा विघटनपछि दुई खेमामा पुगेको नेकपाका अध्यक्ष अ‍ोली र प्रचण्ड सहभागी हुने पछिल्ला कार्यक्रमहरुमा एक अर्कालाई कटाक्ष गर्दै आएका छन् । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend