शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

चर्चित नेपाली डिजाइनर  प्रबल गुरूङले डिजाइन गरेको कोटमा कमला ह्यारिस

चर्चित नेपाली डिजाइनर  प्रबल गुरूङले डिजाइन गरेको कोटमा कमला ह्यारिस

विश्वचर्चित नेपाली फेसन डिजाइनर  प्रबल गुरूङले  डिजाइन गरेको लुगा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले  सपथ ग्रहणपछिको प्रार्थना सभामा लगाएकी छन्।

उक्त सभामा ह्यारिसले मरून कलरको कलेजी रङ को  लङ कोट लगाएकी थिइन्। सभामा ह्यारिसले लगाएको लुगा आफूले डिजाइन गरेको गुरूङले ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

prabal gurung.JPG

जनवरी २० मा भएको  सपथ समारोहपछि राष्ट्रपति जो बाइडेन र ह्यारिस भर्चुअल प्रार्थना सभामा गएका थिए।

गुरूङले डिजाइन गरेका लुगा यसअघि पनि हलिउडका कलाकारदेखि थुप्रै अमेरिकी सेलिब्रेटीहरूले पहिरिइसकेका छन्। गत वर्षको डेमोक्र्याटिक पार्टीको राष्ट्रिय भेलामा पनि कमलाले प्रबलले डिजाइन गरेकी लुगा लगाएकी थिइन्।  

प्रबलको  चर्चा बाराक ओबामा राष्ट्रपति हुँदा पहिलो महिला मिसेल ओबामाले  लुगा लगाएपछि  चर्चा चुलिएको थियो। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend