शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कर्नाटक खानीनजिकै ट्रक विस्फोट हुँदा कैयौं मानिसको मृत्यु 

कर्नाटक खानीनजिकै ट्रक विस्फोट हुँदा कैयौं मानिसको मृत्यु 

कर्नाटक । कर्नाटकको शिवमोगा जिल्लामा एक खानीनजिकै ट्रकमा विस्फोट हुँदा धेरै मानिसको ज्यान गएको आशंका गरिएको छ । प्रहरीका अनुसार ट्रकमा भारी मात्रामा जिलेटिनका रडसहित मजदुरहरु पनि थिए ।  

अहिलेसम्म घटनास्थल निकै अँध्यारो ठाउँमा भएको र विस्फोटको दुर्गन्धका कारण त्यहाँ पुग्न नसक्दा कति मानिसको मृत्यु भयो भनेर जानकारी पाउन नसकेको प्रहरीले जनाएको छ । 

समाचार संस्था पिटिआई र एएनएआईका अनुसार त्यहाँ कम्तिमा पनि ६ जनाको मृत्यु भएको छ । अबब्लागेरे गाउँ नजिकको हुनसन्डीमा खानी विस्फोट भएको अनुमान गरिएको छ र पुलिसले बम डिस्पोजल स्क्वाड पनि बोलाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।  शिवमोगा जिल्लाका सहायक जिल्ला आयुक्त केबी शिवकुमारले भनेका छन्, ‘हामीले सम्पूर्ण क्षेत्र घेरा हालेका छौं । फेरि अर्को दुर्घटना हुन सक्ने भएकाले हामीले मानिसलाई त्यस ठाउँमा जान रोक लगाएका छौं, त्यहाँ विस्फोटक पदार्थ अझै छ कि छैन भनेर थाहा छैन ।’

विष्फोट करिब १० बजेर २० मिनेटमा भएको भएको थियो, यसको आवाज नजिकैको चिक्मागलुरु जिल्लामा महसूस गरिएको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend