शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

केपी ओली सच्चिएर आए केही समय जेल हालेर माफी दिउँला : माधव नेपाल 

केपी ओली सच्चिएर आए केही समय जेल हालेर माफी दिउँला : माधव नेपाल 

काठमाडाैं । नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकार गरेमा केही समय जेलमा राखेर माफी दिने बताएका छन् ।

नेकपा प्रचण्ड–माधव समूहले शुक्रबार राजधानीमा आयोजित विरोध सभा सम्बोधनका क्रममा नेपालले ओली सच्चिएर आए केही समय जेल हालेर माफी दिने बताएका हुन् । उनले भने ‘म भर्खर सुर्खेतबाट आएको छु । कतै पत्रको जवाफ पो लेखे कि । उनले संविधान उल्लंघन गरे। माफी दिनुस् भन्दै जुलुसमा पो आउँछन् कि। आएका छैनन् । सच्चिएर आएँ गल्ती पो गरेँ भन्दै आए भने केही समय जेल राखेर फेरि निकालौँला नत्र सुरुमै माफी दिउँला । भ्रम नपरोस् अब केपी ओलीसँग नेकपा झुक्ने कुरै छैन ।’

ओलीलाई पार्टी विधान र अनुशासनको उल्लंघन गर्ने भनी सोधेको स्पष्टीकरणको जवाफ नआएको पनि उनले जानकारी दिए । ओली हिटलरको नेपाली रूप भएको आरोप पनि उनले लगाए । हिटलरकाे बाटोमा ओली हिँडेकोले विरोध गर्नुपरेको उनकाे भनाइ थियाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend