काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच प्रतिनिधि सभा विघटनलाइ लिएर संयुक्त आन्दोलन गर्ने बारेमा छलफल भएको छ ।
डा. भट्टराईले शुक्रबार आफूहरुको भेटघाट भएको जानकारी गराएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले भनेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ । यही क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुँ । गर्दै रहनेछु !’
डा. भट्टराई र प्रचण्डबीचकाे भेट उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा भएको बताइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपाको प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तथा नागरिक समाजलगायत विभिन्न संघ–संगठनहरुले आन्दोलन गरिरहेका छन् ।
अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने वेला आएको छ।यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउबा,माधव नेपाल,प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुॅ। गर्दैरहनेछु!
— Baburam Bhattarai (@brb1954) January 22, 2021