चितवन । नेपाली काँग्रेसका युवा नेता टंकनाथ पौडेलले देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको बताएका छन् । कम्युनिष्ट सरकारको पछिल्लो राजनीतिक घटनाक्रमले जनतालाई निराश बनाएको भन्दै पौडेलले कांँग्रेसले मात्र देश चलाउन सक्ने बताए।
संसारमा कम्युनिष्ट सरकार असफल भएको भन्दै पौडेलले कम्युनिष्ट सरकार भ्रष्टाचार र हत्याराको सरकार भन्ने सावित भएको आरोप लगाए। अब नेपालबाट पनि सदाको लागि कम्युनिष्ट पार्टीको अन्त्य हुने उनको जिकिर थियो।
प्रचण्ड र केपी ओलीको सत्ताको खिचातानी र लडाईंका कारण देश दुर्घटनामा गएको र यसबाट बचाउने जिम्मा काँग्रेसको मात्र रहे्को उनको भनाई थियो । ‘अब कुनै पार्टी, झुण्ड र व्वांँसाहरुले देशलाई बचाउन सक्दैनन उनले भने, अहिले कांँग्रेसलाई अवसर र चुनौति एकैपटक आएको छ ।’
नेपाल जस्तो पवित्र देवहरुको भूमिलाई कम्युनिष्ट भनाउंँदाहरुले लुछाचुडी गरेको भन्दै पौडेलले उनीहरुको विरुद्ध सबै जनता एक भएर लाग्नु पर्ने बताए।