बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

जसपा नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन

जसपा नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन गरिएको छ । जिल्लामा आयोजित भेलाबाट सूर्य तमुको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा सरीता राई, दावा शेर्पा, सचिवमा विनोद मेवाहाङ र कोषाध्यक्षमा निमा शेर्पा चयन भएका छन् ।

पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ सचिव राजकुमार राईलगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा जिल्ला समिति पुनर्गठन गरिएको पार्टीको प्रचार विभागले जनाएको छ ।

जसपा नेपालले माघ मसान्तसम्म सञ्चालन गरेको संगठन निर्माण अभियानअन्तर्गत पार्टी समिति तथा संगठनहरु गठन, पुनर्गठन कार्य गरिरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend