logo

२०८१ माघ १५ मंगलबार

logo
  • मंगलबार, १५ माघ २०८१
  • पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा तेह्रथुमको चोत्लुङ पार्क अवलोकन

    पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा तेह्रथुमको चोत्लुङ पार्क अवलोकन

    252
    Shares
    पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा तेह्रथुमको चोत्लुङ पार्क अवलोकन

    तेह्रथुम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गरेका छन् ।

    रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गरेका हुन् । पार्कको अवलोकनपछि उनले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गरे ।

    लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरू गरिएको पार्कमा युमा सङ्ग्रहालय पनि रहेको छ । पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबुहाङले बताए ।

    प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आएको प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता दुर्गाप्रसाद चापागाईंले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend