२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पाथीभरा केबलकार निर्माणलाई सहज रुपमा अघि बढाउन फुङलिङ नगरपालिकाको आग्रह

मंगलवार , माघ १५, २०८१

ताप्लेजुङ । पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनालाई निर्वाध रुपमा अघि बढाउन फुङलिङ नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिका द्वारा आज प्रकाशित एक विज्ञप्तिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट स्वीकृति लिई निर्माण चरणमा रहेको परियोजनालाई अवरोध गर्नु उचित नभएको उल्लेख छ ।

विज्ञप्तिमा केबलकार निर्माणका विषयलाई लिएर भएका विरोधहरु रोकी वार्ताका माध्यमव्दारा समस्याको निकास खोज्न पनि आग्रह गरिएको छ । बन्द र हडतालबाट समस्याको समाधान नहुने हुँदा आन्दोलनका कार्यक्रम फिर्ता लिई सहमतिमा आउन पनि नगरप्रमुख अमिर मादेनले आग्रह गरेका छन् ।

ताप्लेजुङ जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारविरुद्ध एक समूहले विरोध प्रदर्शन र त्यस क्रममा सुरक्षाकर्मीसहित केही व्यक्ति घाइते हुनु दु:खद भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

केबलकार निर्माणले ताप्लेजुद्द जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटन प्रबर्धन गरी अशक्त, अपांग, वृद्ध र बालबालिका लगायत सबै व्यक्तिलाई पाथीभरा मन्दिरसम्म सहज ढंगले पुग्न सक्ने वातावरण बन्ने पनि नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

पाथीभरामा केबुलकार निर्माण सुरु, पर्यटन तथा आर्थिक विकासमा कोशेढुङ्गा साबित हुने विश्वास

पाथीभरा केबुलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

‘पाथीभरा केबुलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ