पोखरा । गन्धर्व संस्कृतिका धरोहर लोककलाकार गायक धनबहादुरको निधन भएको छ । उनको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।
विसं २०२१ मा जन्मेका उनको छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृतु भएको हो ।
पोखरा–१६ बाटुलेचौरका उनको ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर जस्ता चर्चित गीत गएका थिए । गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए ।