logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • पाथीभरा केबलकार निर्माणपछि बार्षिक १० लाखसम्म तिर्थालु भित्र्याउन सकिन्छ : योगेश भट्टराई

    पाथीभरा केबलकार निर्माणपछि बार्षिक १० लाखसम्म तिर्थालु भित्र्याउन सकिन्छ : योगेश भट्टराई

    2.6K
    Shares
    पाथीभरा केबलकार निर्माणपछि बार्षिक १० लाखसम्म तिर्थालु भित्र्याउन सकिन्छ : योगेश भट्टराई

    काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पाथीभरा देवि मुकुम्लुङ केबलकार प्रालिले पाथीभरामा केबलकार निर्माण गरीसकेपछि पाथीभराको महिमाको प्रचारप्रसारबाट एक वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु भित्र्याउन सकिने बताएका छन् ।

    प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टराईले पाथीभरा केबलकारका सम्बन्धमा प्रेस वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । उनले यसबाट ताप्लेजुङबासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र सम्रगतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने बताए ।

    उनले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निशुल्क सेवा दिने घोषणा गर्नुपर्ने बताए । उनले केबलकारले प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको ब्यवस्था गर्नु पर्ने र रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

    उनले भनेका छन्, ‘ताप्लेजुङ जिल्लाका आर्थिक समृद्धिको आधार, जलश्रोत, पर्यटन र कृषि हो । तुलनात्मक रुपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो । ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ । त्यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गरेर ताप्लेजुङबासीहरुको आर्थिक रुपान्तरणम उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङबासीहरुको साझा धारणा रहेको छ ।’

    केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचारप्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पुग्ने अनुमान गरिएको उनको भनाई छ । यसबाट ताप्लेजुङबासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र सम्रगतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने उनको विश्वास छ ।

    संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रकृया पुरा गरेर पाथीभरा केबलकारले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको हो ।

    ताप्लेजुङमा क्रियाशिल राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरु केबलकर बन्नु पर्छ भन्ने पक्षमा रहेको उनले बताएका छन् ।

    यस्तो छ पाथीभरा केबलकारका सम्बन्धमा भट्टराईको प्रेस वक्तव्य :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend