बलिउड नायिका सोनाक्षी सिन्हाले मुम्बइको बान्द्रा इलाकामा ‘४ बीएचके’ घर किनेकी छिन् । उनले आफूले सानैदेखि देखेको सपना पुरा गरेको प्रतिक्रिया भारतीय मिडियासँग बताएकि छिन् ।
भारतीय म्यागेजिन द हिन्दुस्थान टाईम्ससँग कुरा गर्दै उनले भनिन्–‘जब मैले बलिउडमा काम गर्न सुरु गरेँ, मेरो सपना थियो कि म आफ्नै कमाइले एउटा घर किन्न सकुँ । उनले ३० बर्षको उमेर नपुग्दै घर किन्ने चाहना समेत राखेकि थिईन् । उनी भन्छिन् ‘ तर, मैले ३० बर्षमै त घर किन्न सकिनँ, तर आज आएर सपना भने पुरा गरेकी छु ।’
सोनाक्षीले नयाँ घर किनेपनि उनी अहिलेनै बुबा–आमाको साथ भने नछाड्ने बताएकी छिन् । उनको नयाँ घरमा बस्ने कुनै योजना नभएको समेत उनले बताएकि छिन् । तर, मैले आफ्नो सपना पुरा गर्नका लागि घर खरिद गरेकी हुँ ।’