‘फिफ्टी शेड्स अफ ग्रे’ मुभि स्टार डाकोटा जनसको चर्चा अहिले निकै चुलिएको छ। हालैमात्र उनले बोलेको एक झुटको कारण उनको चर्चा चुलिएको हो।
केहि समय अघि मात्र, एक भिडियोमा डाकोटाले आफनो घरको भर्चुअल भ्रमण गराएकि थिईन् । उनले घर घुमाउने क्रममा उनको भान्सा कोठा देखाईन जहा ँउनको टेवलमा लेमन राखिएको थियो र उनले सो लेमनलाई देखाउदै मलाई लेमन एकदम मन पर्छ , म लेमनलाई माया गर्छेु र लेमनलाई यसरि सजाएर राख्न पनि मलाई असाध्य मन पर्छ भनेकी थिईन् ।
तर हालसालै मात्र उनले हलिउडको चर्चित शो “द टुनाइट शो स्टेरिड जिमी फालन”सँगको एक अन्तर्वार्तामा डाकोटाले आफनै पोल खोलेकि छिन् । उनि भँिन्छन् , ‘ मलाई वास्तवमा लेमन मन पदैन् र लेमन सँग मलाई एलर्जी समेत छ । मलाई यो पनि थाहा थिएन कि लेमन त्यहाँ कसरि राखियो भनेर। लेमनले मेरो जिब्रो खिराउछँ । मलाई लेमन एकदमै मनपदैन् ।
यस झुट सँगै डाकोटालाई अहिले ट्विटरमा निकै उडाइएको छ । उनको ट्विटरमा हास्यास्पद सैलीमा जताततै ट्रोल आउने क्रम जारिनै रहेको देख्न सकिन्छ । एजेन्सी