२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए : मुख्यमन्त्री सिंह

आइतवार , माघ २०, २०८१

महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही सहकारी संस्थाका गलत क्रियाकलापका कारण जनताको पक्षमा काम गर्ने अन्य सहकारी संस्थासमेत बदनाम भएको बताएका छन् ।

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले आज जनकपुरधाममा आयोजना गरेको ‘सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रममा उनले सहकारी संस्थाहरूले सहकारीको मूल्य र मान्यताअनुसार काम गरेको खण्डमा मुलकको आर्थिक विकास तथा समृद्धिमा ठूलो टेवा पुग्ने बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त सचिव जयकुमार घिमिरेले धेरै सहकारीहरूले देशमा रोजगारी तथा आर्थिक विकासमा ठूलो योगदान दिएकाले सहकारिताको भावनाअनुसार सञ्चालित संस्थाहरूको प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा राखे ।

मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले सहकारीको नाउँमा ठगी गर्नेमाथि राज्य गम्भीर रूपमा अगाडि बढेको बताए ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले केही व्यक्तिको गलत क्रियाकलापका कारण समग्र सहकारी संस्थालाई बदनाम गर्ने काम भएकाले राम्रो काम गर्ने सहकारीलाई राज्यले संरक्षण तथा सहयोग गर्न आवश्यक भएको धारणा राखिन् ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल, उपाध्यक्ष उर्मिला पन्त, महाप्रबन्धक सुरेश थापा, सञ्चालक समिति सदस्यहरू टेकप्रसाद चौलागाईं र नथुनी यादवले सहकारी संस्थाहरूले गरेका राम्रो कामको प्रचारप्रसार आवश्यक रहेकामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट