काठमाडौं । कुवेतको अब्दलीस्थित मरूभूमिको बालुवामा एक मानव अस्थिपञ्जर भेटिएको छ । उक्त मानव अस्थिपञ्जर नेपालीको रहेको कुवेतको अपराध प्रमाण महाशाखाले जनाएको छ ।
ती नेपालीको हत्या गरी बालुवामा पुरेको हुन सक्ने अनुमान गरिएकाे छ । जंगली कुकुरहरूले लाशलाई बाहिर निकालेर खाएको हुनसक्ने अनुमान गरिएको छ ।
केही महिना अघि एक नेपाली हराएको खबरहरू प्रकाशित भएको र उक्त मानव अस्थिपञ्जर उही नेपालीको भएको अनुमान गरिएको अरब टाइम्सले उल्लेख गरेकाे छ ।