बिहिबार, फाल्गुन २९ २०८१

बिहिबार, फाल्गुन २९ २०८१

कवाड व्यवसायीमाथि काठमाडौं महानगरको धरपकड रोक्न कांग्रेस सांसद यादवको माग

कवाड व्यवसायीमाथि काठमाडौं महानगरको धरपकड रोक्न कांग्रेस सांसद यादवको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि धरपकड गरिरहेको उल्लेख गर्दै कवाड व्यवसायीको जिउधनको सुरक्षा गर्न माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग राखेकी हुन् । उनले कवाड व्यवसायीलाई काठमाडौं महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गरिरेको उल्लेख गरिन् ।

देशमा संचालित उद्योगहरुलाई चाहिने कच्चा पदार्थ आपूर्ति र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको महत्वपूर्ण भुमिका खेलेको भएपनि महानगरले अराजक शैलीमा अपहरण गरिरहेको उनको आरोप छ । उनले व्यवसायीहरुलाई कुटपिट, गाली गलौज जस्ता अभद्र व्यवहार भइरहेको उल्लेख गर्दै कवाड व्यवसायीमाथि भइरहेको अराजगत गतिविधि रोक्नुपर्ने माग गरिन् ।

सांसद यादवले भनिन्, ‘कवाड व्यवसायीहरुले नेपाल सरकारको प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको विभिन्न वडामा व्यवसाय सञ्चालन गर्दै आएको छ । कवाड व्यवसायिहरुले सरकारलाई तिर्नुपर्ने सबै करहरु तिर्दै पनि आएको छ ।

तर हालको यस व्यवसायमा एक लाख मानिसहरु प्रत्यक्ष संलग्न रहेको कुरा सरकारलाई अवगत गराउन चाहन्छु । देशमा संचालित उद्योगहरुलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीहरुले आपूर्ति गर्दै आएको छ । देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको महत्वपूर्ण भुमिका रहेको देखिन्छ । कवाडि व्यवसायीहरुले वातावरणीय सरसफाईमा समेत योगदान गर्दै आएका छन् ।

तथापि विगत एक वर्षदेखि काठमाडौं महानगरले कवाड व्यवसायीहरुलाई व्यापक तोडफोड गरिएको स्थिति छ । सामान जफत गरेको अवस्था छ । त्यसैगरी व्यवसायीहरुलाई कुटपिट गाली गलौज जस्ता अभद्र व्यवहार समेत गर्दै आएको देखिन्छ । दर्ता भइ आफ्नो काम गर्दै आइरहेका कवाड व्यवसायीमाथि भइरेको यस्ता अराजगत गतिविधिमा रोक लगाई कवाड व्यवसायिहरुको जिउधनको सुरक्षाको माग गर्दछु ।’

कवाड व्यवसायीहरुले वातावरणीय सरसफाईमा समेत योगदान गर्दै आएको उनको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend