२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्दै निःशुल्क बनाउन सांसद डाँगीको माग

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले डिजिटल भुक्तानी गर्दा भ्याटसहित तिर्नुपर्ने भएको कारण डिजिटल भुक्तानी गर्न आम नागरिक निरुत्साहित भइरहेको बताइन् ।

उनले भनिन्, ‘यदि सरकारले साच्चै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने हो भने कर कटौति गर्दै निःशुल्क भुक्तानीको विकास गर्न आवश्यक छ । त्यसैले म सभामुखमार्फत नेपाल सरकार र अर्थ मन्त्रालयलाई तत्कालै नीति परिवर्तन गरेर हुन्छ कि राष्ट्रिय भुक्तानी प्रणालीको स्थापना गरेर हुन्छ, हाल भएका पेमेन्ट गेटवेजलाई समेत मर्का नपर्नेगरी डिजिटल ट्रान्जेक्सन निशुल्क बनाउन आजैबाट काम शुरु गर्न गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी सेवा प्रयोग गरेबापत सेवा शुल्क बढेको छ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक फण्ड ट्रान्सफरमा प्रतिकारोबार अधिकतम १० रूपैयाँसम्म मात्रै शुल्क लिने पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट