चर्चित हलिउड स्टार किम कार्दशियन र उनका पति र्यापर कान्ये वेष्टको सम्बन्धविच्छेदबारे खबरले अहिले अलिउड मिडियामा निकै चर्चा छ । उनीहरुको ६ बर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा उनीहरु लागेको समाचार एकपछि अर्को मिडियाले निकालिरहेको छ।
हलिउडको चर्चित जोडीका रुपमा चर्चित यी दुईको सम्बन्ध पछिल्लो समय चिसिएको छ । हलिउ लाईफ डटकमाका अनुसार, उनीहरुले वैवाहिक जीवनलाई पूर्णविराम लगाउन लागेका हुन् र किमले डिभोर्सको फाइल दर्ता गर्ने प्रकिया समेत अगाडि बढाएको जानकारि दिएको छ । कान्येले पनि सम्बन्धविच्छेदको फाइल पर्खिरहेको बताएको छ । खटपट सुरु भएदेखि यी दुई जोडि अलग बस्दै आएको छ ।
यस्तै, कान्येले पनि केही समयदेखि किमसँगको सम्बन्धलाई विश्राम लगाउने बिषयमा छलफल गरिरहेका छन् । उनले १४ मिलियन डलरमा किनेको आफ्नो फार्म हाउसमा एक्लै लामो समय बिताएका हुन् । उनीहरुको चार सन्तान छन् ।
किमले गतबर्षको जुलाई महिनामा कान्येको मानसिक स्वास्थ्य अवस्थाको बारेमा बताएकी थिइन् र यसलाई ‘जटिल र दर्दनाक’ समेत भनेकी थिइन् । सम्बन्ध विच्छेद गर्ने विषयमा दुवैले अहिलेसम्म कुनै आधिकारिक खुलासा भने गरेका छैनन् । एजेन्सी