२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

मकवानपुरको सिस्नेरीमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापना गर्न माग

आइतवार , माघ २७, २०८१

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गत असोजमा मकवानपुरको कुलेखानी जलविद्युत केन्द्रको बाँधको ढोका खोल्दा भएको बाढीबाट भएको क्षतिको पुनःस्थापना गर्न सरकारसँग माग गरेका छन् ।

आईतबार प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण कुलेखानी जलविद्युत केन्द्रको बाँध भरिएर फुट्ने डरले जानकारी समेत नदिई दुई वटै ढोका खोल्दा ठूलो धनजनको क्षती भएको थियो ।

बाँध खोलिएपछि आएको बाढीमा परी ६ जना बाल खेलाडिको मृत्यु समेत भएको थियो । बर्तौलाले प्राधिकरणको केन्द्रिय व्यवस्थापनले तल्लो तटीय क्षेत्रको जोखिमलाई ख्याल नपुर्याई असाध्यै लापरवाही र गैरजिम्मेवार ढंगबाट बाँध खोलेको भन्दै उक्त कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्न समेत माग राखे । उनले बाँधका ढोकाहरु खोल्दा इन्द्रसरोवरका हेभि, ठूलो चौर, ज्याम्रे सिम्रे फाँट, सुस्नेरी बजार क्षेत्रका सडक, वस्ति, प्रहरी चौकी, खानेपानी लगायतका क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरे ।

उनले भने, ‘गएको असोजमा परेको अविरल वर्षाको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत आयोजनाको वाँधमा जम्मा भएको पानीलाई बाँध भरिएपछि मात्रै प्राधिकरणको केन्द्रिय व्यवस्थापनले तल्लो तटीय क्षेत्रको जोखिमलाई थोरै पनि ख्याल नपुयाई असाध्यै लापरवाही र गैरजिम्मेवार ढंगबाट बाँधका ढोकाहरु खोल्दा इन्द्रसरोवरका हेभि, ठूलो चौर, ज्याम्रे सिम्रे फाँट, सुस्नेरी बजार क्षेत्रका सडक, बस्ती, प्रहरी चौकी, खानेपानी लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ ।

६ जना बाल खेलाडीहरुको मृत्यु समेत भएको छ । त्यसकारण सभामुख महोदय प्राधिकरणको तर्फबाट लापरबाही गर्नेलाई कारवाही गर्दै संरचनाहरु पुनःस्थापन गर्न र जोखिममा रहेका तल्लो तटीय क्षेत्रका नागरिकलाई आवश्यक मुआब्जा उपलब्ध गराई स्थानीयको स्थानान्तरण गर्न सरकारसँग माग गर्दछु ।’

उनले क्षति भएका संरचनाहरुको पुनःस्थापना गर्दै स्थानीयलाई मुआब्जा वितरण गर्न समेत सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट