२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सुनको मूल्य तोलामा १ लाख ७० हजार नाघ्यो

मंगलवार , माघ २९, २०८१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले निम्त्याएको ‘ट्रेडवार’का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २९ सय अमेरिकी डलर नाघेको छ ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ४५ मा कारोबार भएको हो ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट