२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

आज २०८१ साल माघ ३० गते बुधबारको राशिफल

बुधवार , माघ ३०, २०८१

मेष : दिन राम्रो छ। बोल्दा एक पटक सोच्नुपर्ने हुन्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइको सहयोगमा सोचेको काम बन्नेछ। परिवारको साथमा धार्मिक यात्रा तय हुनेछ।

वृष : धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। उनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने समय आएको छ। व्यापारमा साथीसँग सहकार्यको हात अगाडि बढाउनुपर्नेछ। शिक्षामा गहिरो अध्ययनको आवश्यकता देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। परिवारको साथमा घुमघामको रमाइलो अवसर मिल्नेछ। मनको कुरा खुलेर आफन्तसँग साटेमा मन शान्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सोचेको काम बन्नेछ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ। विपक्षी समूह कठोर भएकाले राजनीतिमा सचेत भएर अगाडि बढ्नुपर्ने समय आएको छ।

सिंह : सञ्चित धन खर्च हुनेछ। साथीभाइ दाहिना भएकाले सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ। स्वास्थ्यमा सुधार भएकाले काम सहजै बन्नेछन्। परिवारको सल्लाह अनुसार अगाडि बढेमा काम बन्नेछ। यस्तो कामले मनमा उत्साह बढ्नेछ।

तुला : शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने जोखिम छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। आफन्तले भन्दा अरुले तपाईंको प्रशंसा गर्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

वृश्चिक : अढैया शनि भए पनि आज तपाईंका लागि शुभ ग्रहको बहुमत छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। परिवारको साथमा समय बिदाउँदा मन शान्त बन्नेछ।

धनु : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। उत्तरको लामो यात्रामा नजानु उचित हुन्छ। बौद्धिक व्यक्ति तपाईंको पछाडि लागेकाले सचेत भएर अगाडि बढ्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। साथीभाइले संकटमा साथ दिनेछन्। विज्ञसँगको परामर्शले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ। परिवारको साथमा अगाडि बढ्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : मध्य साढेसाती दशा चलिरहेकाले मन अशान्त बन्नेछ। सोचेका काममा अवरोध हुनेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

मीन : दिन राम्रो छ। तपाईंको कला र गलाको प्रदर्शनले फाइदा हुनेछ। सहकार्य गरेका संस्थाबाट मान र सम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। गणेशको पूजा गर्नु फाइदा हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट