२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

भोटेकोशी हेली रिसोर्ट प्रकरण : ७० करोडको लगानी, ३९ करोडमा सकार्न पनि कोही आएनन्

मंगलवार , आषाढ १६, २०८३

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा रहेको महत्वाकांक्षी पर्यटन परियोजना भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा सेन्टर साझेदारहरूबीचको विवाद र वित्तीय व्यवस्थापन संकटका कारण लिलामी प्रक्रियामा पुगेको छ ।

नेपाल बैंकले कर्जा असुलीका लागि निकालेको पहिलो चरणको लिलाम प्रक्रियामा भने कुनै व्यक्ति वा संस्था सहभागी नभएको खुलेको छ।

नेपाल बैंकले रिसोर्टसँग सम्बन्धित करिब ३८ करोड रुपैयाँभन्दा बढी कर्जा असुली गर्न जेठ १ गते ३० दिनको समयसीमा राखेर गोप्य सिलबन्दी बोलपत्रमार्फत बिक्रीको सूचना सार्वजनिक गरेको थियो। तर तोकिएको अवधिभित्र कुनै पनि बोलकबोल नपरेपछि बैंकले दोस्रो चरणमा असार १५ गते पुनः १५ दिने सूचना जारी गरेको छ ।

रिसोर्टका संस्थापक सञ्चालकमध्ये एक छिरीङ शेर्पाका अनुसार निर्माण सम्पन्न गर्न नेपाल बैंकबाट करिब ३२ करोड रुपैयाँ ऋण लिइएको थियो। ऋण लिएको समयदेखि हालसम्म करिब ५ करोड ६८ लाख रुपैयाँ ब्याज थपिएको छ भने बैंक जरिवाना समेत जोडिँदा कुल दायित्व ३९ करोड ५४ लाख रुपैयाँ पुगेको छ । 

बैंकले सार्वजनिक गरेको सूचनामा पटक–पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएकाले बैंकको सुरक्षणमा रहेको चल तथा अचल सम्पत्ति हालको अवस्थामै बिक्री गरिने उल्लेख गरिएको छ।

२०७२ सालको भूकम्पपछि विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत लक्षित गर्दै उच्चस्तरीय पर्यटन पूर्वाधार बनाउने उद्देश्यसहित रिसोर्ट निर्माण सुरु गरिएको थियो। तर कोरोना महामारीका कारण निर्माण र सञ्चालन दुवै प्रभावित भएपछि परियोजना आर्थिक दबाबमा परेको थियो ।

रिसोर्टका संस्थापक सञ्चालकमध्ये एक छिरीङ शेर्पाका अनुसार निर्माण सम्पन्न गर्न नेपाल बैंकबाट करिब ३२ करोड रुपैयाँ ऋण लिइएको थियो। ऋण लिएको समयदेखि हालसम्म करिब ५ करोड ६८ लाख रुपैयाँ ब्याज थपिएको छ भने बैंक जरिवाना समेत जोडिँदा कुल दायित्व ३९ करोड ५४ लाख रुपैयाँ पुगेको छ । 

शेर्पाका अनुसार रिसोर्टको सम्पूर्ण सम्पत्तिको बजार मूल्य ७० करोड रुपैयाँभन्दा बढी  भए पनि साझेदारहरूबीच बढेको असमझदारीले व्यवसाय सञ्चालन असहज बनेको र अन्ततः बैंकले लिलाम प्रक्रिया अघि बढाउनुपरेको हो।
उनले सुरुमा आर्थिक अभावका कारण आफूहरूले परियोजना बिक्री गरेको बताए। पछि स्वामित्व परिवर्तनसँगै व्यवस्थापन जटिल बन्दै गएको उनको दाबी छ । 

यसैबीच रिसोर्टका मुख्य सञ्चालकमध्ये मानिएका सुवास प्रधान हाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । पूर्व सञ्चालकहरूको भनाइ अनुसार यसले परियोजनाको सञ्चालन र वित्तीय व्यवस्थापन थप प्रभावित बनाएको छ।

सुरुवातमा पोखराका व्यवसायी चिनबहादुर रानाभाट र छिरीङ शेर्पा को लगानी रहेको रिसोर्टमा पछि सुवास प्रधान भित्रिएका थिए। त्यसपछि शेयर कारोबारी दिपेन्द्र अग्रवाललाई समेत साझेदारका रूपमा ल्याइएको थियो।

Screenshot 2026-06-29 145358.png
Screenshot 2026-06-29 145443.png

पूर्व सञ्चालकहरूका अनुसार इन्टेरियर सामग्री आपूर्तिको जिम्मेवारीमार्फत रिसोर्टमा प्रवेश गरेका सुवास प्रधानले पछि शेयर स्वामित्व विस्तार गरेका थिए। यस क्रममा शेयर खरिद–बिक्रीसँग सम्बन्धित आर्थिक सहमति र दायित्व कार्यान्वयनमा विवाद बढ्दै गएको दाबी गरिएको छ।
रिसोर्टका बाँकी काम सम्पन्न गर्न थप लगानी गर्ने सहमति भए पनि त्यसको कार्यान्वयन हुन नसकेको र व्यवसायिक सम्बन्ध क्रमशः बिग्रँदै गएको पूर्व सञ्चालकहरूको भनाइ छ।

SHARE LAGAT_page-0001.jpg

 

कम्पनी रजिस्ट्रार कार्यालयको विवरणअनुसार हाल रिसोर्टको स्वामित्व सुवास प्रधान र दिपेन्द्र अग्रवाल पक्षसँग सम्बन्धित परिवारको नाममा देखिन्छ। यद्यपि पूर्व सञ्चालक शेर्पाले भने आफूहरूले सम्पूर्ण स्वामित्व हस्तान्तरण गरिसकेको दाबी गरेका छन्।

नेपाल बैंकले प्रकाशित गरेको कर्जा चुक्ता सम्बन्धी सूचनामा भने भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा सेन्टर सहित सञ्चालकका रूपमा चिनबहादुर रानाभाट, समिर कुमार नेपाल, छिरीङ शेर्पा र सुवास प्रधान को नाम उल्लेख गरिएको छ।

अब दोस्रो चरणको लिलाम प्रक्रियामा खरिदकर्ता आकर्षित हुन्छन् वा साझेदारहरूबीच समाधान खोजिन्छ भन्ने विषय चासोका विषय भएको छ । तर शेर्पाका अनुसार साझेदारहरु बीच सहमती हुने सम्भावना न्युन रहेको छ ।

७० करोडको ‘ड्रिम प्रोजेक्ट’ अब ३४ करोडमै लिलाम : हेलि रिसोर्ट साझेदार विवाद र ऋणको दलदलमा डुब्यो ७० करोडको ‘ड्रिम प्रोजेक्ट’ अब ३४ करोडमै लिलाम : हेलि रिसोर्ट साझेदार विवाद र ऋणको दलदलमा डुब्यो

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट