२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

काठमाडौँको टोखा रोडमा खुल्यो कजारियाको नयाँ शोरूम

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । विश्वप्रसिद्ध टायल ब्रान्ड कजारियाले काठमाडौंको टोखा रोडमा आफ्नो नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। जगदम्बा इन्टरनेशनलद्वारा सञ्चालित उक्त शोरूममार्फत कजारियाका विश्वस्तरीय लक्जरी टायलहरू काठमाडौंको टोखा तथा आसपासका क्षेत्रमा बढ्दो आधुनिक टायलको मागलाई सम्बोधन गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।

C6227.00_27_49_24.Still002.jpg

शनिबार आयोजित विशेष समारोहका बीच कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र जगदम्बा इन्टरनेशनलका अध्यक्ष राकेश शर्माले संयुक्त रूपमा रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए। कार्यक्रममा कजारिया टायलकी ब्रान्ड एम्बासडर तथा मिस नेपाल कोसमो २०२५ विजेता दीपशिखा नेपालको समेत उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा सुनौलो नेपालसँग कुरा गर्दै जगदम्बा इन्टरनेशनलका अध्यक्ष राकेश शर्माले आफूहरू लामो समयदेखि कजारियासँग सहकार्य गर्दै आएको बताउँदै नेपालमै उत्पादन सुरु भएपछि गुणस्तरीय टायल अझ सुलभ मूल्यमा उपलब्ध हुन थालेको बताए।

C6227.00_24_59_23.Still001.jpg

त्यस्तै, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले नेपालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरमा टायल उत्पादन हुन थालेपछि भारतबाट आयात गर्दा लाग्ने लागत घटेको उल्लेख गर्दै नेपाली उपभोक्ताले अहिले करिब २५ प्रतिशतसम्म कम मूल्यमा उही गुणस्तरका टायल पाउन थालेको जानकारी दिए।

C6227.00_21_31_13.Still006.jpg

कजारिया टायलकी ब्रान्ड एम्बासडर तथा मिस नेपाल कोसमो २०२५ विजेता दीपशिखा नेपालले कजारियामा विश्वस्तरीय डिजाइन र आकर्षक लक्जरी टायलहरूको फराकिलो छनोट रहेको बताइन्। जीवनभरको लगानीबाट बनाइने घरलाई आकर्षक, आधुनिक र उत्कृष्ट लुक्स दिन चाहने उपभोक्ताका लागि बाथरुम, किचन, बैठक कोठालगायत घरका हरेक भागअनुसार विभिन्न डिजाइन र शैलीका विकल्प उपलब्ध रहेको उनको भनाइ थियो।

C6227.00_20_37_08.Still007.jpg

कजारियाले हाल नेपालभर १०० भन्दा बढी शोरूममार्फत आफ्नो बिक्री सञ्जाल विस्तार गरिसकेको छ। साथै, नेपालमै देशकै सबैभन्दा ठूलो टायल उद्योग सञ्चालन गर्दै अन्तर्राष्ट्रियस्तरका टायल स्वदेशमै उत्पादन गरिरहेको कम्पनीले जनाएको छ।

C6227.00_30_12_13.Still009.jpg

 

C6227.00_32_00_01.Still004.jpg

C6227.00_31_17_02.Still003.jpg

C6227.00_27_06_20.Still005.jpg

WhatsApp Image 2026-06-27 at 9.08.36 PM.jpeg

pp.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट