२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगरको सवारी दुर्घटनामा मृत्यु

शनिवार , आषाढ १३, २०८३

प्युठान / प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी दुर्घटनामा मृत्यु भएको छ।

शनिबार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका रानामगरले चलाएको लु प्र १–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना बाङ्गेसल्ला मा भएको हो। सडकबाट करिब ५०० मिटर तल गाडी खसेपछि रानामगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

५० वर्षीय रानामगर स्वर्गद्वारी नगरपालिकाका निर्वाचित उपप्रमुख थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट