२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

विवाहको उमेर नघटाउन माग गर्दै बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बुधवार , माघ ३०, २०८१

मुगु । बालबालिकाको क्षेत्रमा कामगर्दै आएका २८ वटा संस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

गत माघ २ गते बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेर २० वर्ष बाट १८ वर्षमा झार्न सुझाव दिएको विषयमा देशमै बालबालिकाको क्षेत्रमा लगायत बालविवाह न्यूनकिरणसम्बन्धी काम गर्ने सक्रीय संस्थाहरूले संयुक्त रुपमा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

विवाहको उमेर २० वर्ष हुनुपर्ने र संविधानमा व्यवस्था भए अनुसार नै हुनुपर्ने माग गरी सरकारलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएको हो । १८ वर्षमा व्यक्तिको शारिरिक तथा मानसिक रूपमा परिपक्क नहुने र उसले परिवार, समाज र परिस्थितिलाई गहिरो गरी बुझ्ने मौका नपाएकाले निर्णय गर्ने क्षमताको विकास पूर्णरूपमा भइसकेको नहुने भएकाले विवाहको उमेर २० वर्ष नै हुनुपर्ने माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाईको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीले जानकारी दिए ।

यस्तै देशभरबाट पाँच सय भन्दा बढी किशोर किशोरीहरुले हुलाकमार्फत प्रधानमन्त्रीलाई चिठी पनि पठाएका छन्।

विवाह गर्ने उमेर २० वर्षबाट घटाएर १८ मा झार्न संसदीय उपसमितिले सुझाव दिएपछि त्यसको व्यापक विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट