काठमाडौं । उपप्रधानमन्त्री एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरुलाई आग्रह गरे ।
बुधबार नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईले गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भएपनि अहिले त्यो अवस्था नरहेको बताए ।
उनले अहिले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पढाइ हुने विषयहरु पनि नेपालकै क्याम्पसहरुमा अध्ययन गर्न सकिने अवस्था रहेको उल्लेख गरे । उनले नेपालमै अध्ययन गरी नेपाली समाजलाई अगाडि बढाउन युवाहरुले विशेष ध्यान दिन जरुरी रहेको बताए ।
उपप्रधानमन्त्री सिंहले क्याम्पसको पूर्वाधार विकास गर्नुपर्ने काममा सरकारले विशेष ध्यान दिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस