२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

मदन भण्डारीलाई युवा विज्ञ परिषद्को प्रमुख जिम्मेवारी, नयाँ योजनासहित अघि बढ्ने प्रतिवद्धता

बुधवार , माघ ३०, २०८१

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले युवा विज्ञ परिषद्को नेतृत्वमा कास्की जिल्लाका मदन भण्डारीलाई चयन गरेको छ। आज युवा संघले जारी गरेको सर्कुलरमार्फत जिम्मेवारी हेरफेर गर्दै उनलाई परिषद्को प्रमुख बनाइएको हो।

परिषद्मा एक प्रमुख, एक उपप्रमुख र एक सचिव सहित ५१ केन्द्रीय सदस्य रहने छन्। परिषद् लामो समयदेखि सुस्त अवस्थामा रहेकाले अब यसलाई सक्रिय बनाउने लक्ष्य सहित नयाँ नेतृत्व चयन गरिएको युवा संघले जनाएको छ।

साइबर सर्कलदेखि विज्ञ परिषद्को नेतृत्वसम्म

मदन भण्डारी राष्ट्रिय युवा संघ नेपालमा लामो समयदेखि सक्रिय छन् । उनी साइबर सर्कल विभागका संस्थापक प्रमुख हुन्ज । सले डिजिटल प्रविधि, साइबर सुरक्षाका मुद्दा र युवाहरूमा सामाजिक सञ्जालको प्रयोग त्यसको असर र उपयोगिता र सक्रियतालाई प्रवर्द्धन गर्दै आएको छ ।

उनले आफ्नो नेतृत्वमा साइबर सर्कल संगठन प्रभावशाली अभियानहरूमध्ये एक बनेको बताए । अब उनले युवा विज्ञ परिषद्लाई पनि पुनः सक्रिय बनाउने, रचनात्मक कार्यक्रम अघि बढाउने र नीति निर्माणमा विज्ञ युवाको प्रभावकारी भूमिका स्थापित गर्न जानकारी दिए ।

नेतृत्व क्षमताका आधारमा छनोट

युवा संघका एक पदाधिकारीका अनुसार भण्डारीको नेतृत्व क्षमता, कार्यदक्षता, नवीनता र सृजनशीलताका कारण उनलाई जिम्मेवारी दिइएको हो।

“परिषद् अब तदारुकताका साथ अघि बढ्नेछ। हामी नीतिगत अनुसन्धान, समसामयिक विषयमा विज्ञ परामर्श तथा युवाको पेशागत क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउँदैछौँ,” भण्डारीले बताए।

युवा विज्ञ परिषद्लाई पुनः सशक्त बनाउने योजना

नयाँ नेतृत्वसँगै युवा विज्ञ परिषद्ले अब व्यावसायिक क्षेत्र, विज्ञान प्रविधि, राजनीति, समाजसेवा र शिक्षा लगायतका क्षेत्रका युवाविद् तथा विज्ञहरुलाई सक्रिय रूपमा संलग्न गराउने योजना बनाएको छ।

यस निर्णयसँगै युवा विज्ञ परिषद् नयाँ ऊर्जा र रणनीतिसहित अघि बढ्ने भण्डारीले बताए । मदन भण्डारीको नेतृत्वमा परिषद्ले अब देशभरका युवाहरूलाई नीति निर्माणमा संलग्न गराउन ठोस कार्यक्रम ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट