
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका, शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बा २ ख ७९५८ नम्बरको स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।
उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो ।
नगरकोटमा पिकनिक बनाएर फर्किएका स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend