२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सम्पन्न

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौँ । नेपाल बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात काठमाडौँमा बितरण गरिने थोक प्रणालीको उक्त पाइप अहिले करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

उनले भने, “पाइप फुटेपछि मन्त्री ज्युको निर्देशन पश्चात हामीले गएरातिबाट मर्मतको कार्य सुरु गरेका थियौँ । अहिले बल्ल आएर मर्मत कार्य सकिएको र पानी परिक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी बितरण प्रक्रिया सुरु गर्ने छौँ ।”

बिद्युत प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री यादवले बताउदै आएका छन् ।

बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट