logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    राशिफल : कस्तो छ त आज तपाईको दिन ?

    राशिफल : कस्तो छ त आज तपाईको दिन ?

    7.7K
    Shares

    मेष : मेष राशि हुनेहरुका लागि आज नयाँ पद र प्रतिष्ठा पाईने सम्भावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मन प्रसन्न र खुसी पनि रहनेछ ।

    बृष : यस राशि हुनेहरुले आज विद्या र नयाँ ज्ञान प्राप्त गर्ने योग रहेको छ। आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ ।

    मिथुन : आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरीत वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

    कर्कट : यस राशिका व्यक्तिहरुको आज लाभदायक यात्रा हुने योग रहेको छ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।

    सिंह : अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

    कन्या : वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । कन्या राशि हुनेहरुले आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी हुन सक्छ ।

    तुला : आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । तुला राशिका व्यक्तिहरुले भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

    वृश्चिक : धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । यात्राको योग पनि छ ।

    धनु : आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

    मकर : नयाँ कामको थालानी वा तयसका लागि योजना बन्ने योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    कुम्भ : यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

    मीन : आज दाजु भाईबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ भने आफन्त संग भेट घाट पनि हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend