
काठमाडौँ । गत २४ माघ गते राति ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमलराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
जोशीलाई बिहीबार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जोशी समेतको टोलीले ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि निर्घात कुटपिट गरेका थिए । ड्युटीमा रहेका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि आक्रमण भएको थियो ।
उक्त आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल रहेका छन् ।
घटनामा संलग्न केही व्यक्ति फरार छन् ।
एमाले निकट जोशीलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै चर्को आलोचना भएको थियो ।
यसपछि गृहमन्त्री रमेश लेखकले उक्त घटनामा संलग्न सबैलाई कारबाही गर्न निर्देशन दिएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend