logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • म्यानमारको सेनालाई बाइडनको चेतावनी: तत्काल सत्ता नछाडे उचित कदम चाल्ने

    म्यानमारको सेनालाई बाइडनको चेतावनी: तत्काल सत्ता नछाडे उचित कदम चाल्ने

    3.5K
    Shares

    तस्बिर : राेयटर्स

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाले सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन्।

    नेत्री आङ सान सूचीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन आफ्नो हातमा लिएको प्रति बाइडनले खेद प्रकट गरेका हुन् । उनले सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले उ’चित कदम’ चाल्ने बताएका हुन् ।

    अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई ‘भयभीत पार्ने’ भनि व्याख्या गरेको बीबीसीमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ।

    युरोपेली सङ्घ, जापान र भारतले म्यानमारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।

    आइतबार राति २ बजेदेखि जन निर्वाचित राष्ट्रपति, मन्त्री, मुख्यमन्त्री र सांसदलाई त्यहाँ सेनाले नियन्त्रणमा लिएर संकटकाल घोषणा गरेको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend