बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

कवाड हटाउन अझै अटेर गरे फेरि डोजर चल्छ : नगर प्रहरी प्रमुख पाण्डे

कवाड हटाउन अझै अटेर गरे फेरि डोजर चल्छ : नगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने नगरसभाको निर्णय कार्यान्वयन गरिएको स्पष्ट पारेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्ड विपरितका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले सम्झाउँदा समेत नमानेको कारणले जबरजस्ति गर्नुपरेको बताए ।

उनले कवाड व्यवसायमा रोक लगाउन नगर पहरीले सम्झाउँदा समेत अटेर गर्ने र प्रहरीमाथि आक्रमण गरेका घटनाहरुलाई बंग्याउने काम भएको भन्दै आपत्ति जनाए । उनले स्थानीयको गुनासो र आवासीय क्षेत्रमा बढेको जोखिम कम गर्न मात्रै कवाड संकलनमा रोक लगाएकोमा सत्य कुरालाई बंग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै दुःख व्यक्त गरे ।

कवाड व्यवसायमा सञ्चालनमा रोक लगाउन सम्झाउन गएको प्रहरीमाथि आक्रमण हुँदा नगर प्रहरी घाइते भएको उनले बताए ।

उनले भने, ‘विगत केही दिनदेखि सामाजिक सञ्जाल लगायत केही मिडियाहरुमा चाहीँ कवाडको विषयमा विभिन्न टिकाटिप्पणी, विभिन्न फोरममा छलफल भएको गुनासोहरु आएको छ । खासगरी स्थानीय जन गुनासोका आधारमा आवास क्षेत्रमा विषेशगरी आवस क्षेत्रमा जोखिम भयो कवाडी हटाउनुपर्यो भन्ने जन गुनासोको आधारमा काठमाडौं महानगरको नगरसभाको बैठकले आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडि राख्ने र व्यवस्थापन गर्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने भन्ने निर्णय बमोजिम हामीले विभिन्न स्थानमा रहेको कवाड गोदाममा गएर सम्झाउनेर बुझाउने लगायतका क्रियाकलाप गरेको र महानगरबाट सूचना समेत जारी भएको छ ।

गोदाममा गएर हामीले त्यो सूचना समेत दिएको र त्यो दिदादिदै पनि विभिन्न कवाड व्यवसायिहरुले चाँही विभिन्न अदालतमा मुद्दा राखेको र उहाँहरुले राखेको माग समेत खारेज भइसकेको अवस्थामा महानगरभित्रको आवासीय क्षेत्रमा जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्ड विपरितका टहरा निर्माण गरि कवाडी व्यवसाय सञ्चालन गरिरहेको सन्दर्भमा हामीले निरन्तर सम्झाउँदा समेत नमानेको र उहाँहरुले अटेर गरेको र हामीले हटाउन जाँदाखेरि जबरजस्ति गर्ने र विभिन्न किसिमका हातहतियार लिएर नगरप्रहरीमाथि आक्रमण गरेको र त्यो आक्रमण गरेको विषयलाई लिएर सत्य कुरालाई बंग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।’

उनले अझैपनि धेरै ठाउँमा महानगरको आदेशलाई अटेर गरेर कवाड व्यवसाय सञ्चालन हुँदै आएको बताए । महानगर प्रहरी स्थानीय तहको प्रहरी भएको कारण स्थानीय तहको आदेश र निर्णय मात्र कार्यान्वयन गरेको उनको भनाइ छ ।

उनले चैत–वैशाखमा आउने हुरिले टहराहरु उडाएर थप जोखिम निम्त्याउने भन्दै समयमै टहराहरु हटाउन स्थानीयलाई आग्रह गरे । कवाड हटाउन अझै अटेर गरेको अवस्थामा महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुने उनको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend