
काठमाडौं । ठमेलमा ड्युटीमा खटिएका प्रहरीलाई कुट्ने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिन हिरासतमा राखेर जोशीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ उनी पक्राउ परेका थिए । जोशीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भईरहेको छ ।
जोशीको समूहले २४ माघको राति ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो ।
आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देललाई यसअघि नै म्याद थप भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend