२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

ड्युटीमा खटिएका प्रहरी कुट्ने अनेरास्ववियुका नेता जोशीलाई सात दिन हिरासतमा राख्न अनुमति

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । ठमेलमा ड्युटीमा खटिएका प्रहरीलाई कुट्ने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिन हिरासतमा राखेर जोशीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ उनी पक्राउ परेका थिए । जोशीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भईरहेको छ ।

जोशीको समूहले २४ माघको राति ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो ।

आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देललाई यसअघि नै म्याद थप भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट